वागमती गाउँपालिका प्रदेश नं. ३ परिचय
वागमती गाउँपालिका बागमती प्रदेशको साबिकको ललितपुर जिल्लाकाे दक्षिणी भूभागमा अवस्थित छ । यस गाउँपालिका नेपालकाे संविधान २०७२ बमाेजिम नेपाल सरकारले स्थानीय निकायहरूकाे पुनः संरचनाकाे लागि गठन गरेकाे उच्च स्तरिय आयाेगले २०७३ पुस २२ गते बुझाएकाे प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरि वि.सं. २०७३ फाल्गुन २७ गतेदेखि स्थानिय तह लागु गर्ने निर्णय अनुसार साविकका गाविसहरु घुसेल, माल्टा, भट्टेडाडा, प्युटार, इकुडोल, अस्रांग र गिम्दी एकै स्थानमा गाभि गठन गरिएकाे हाे । हाल यस गाउँपालिकामा ७ वटा वडाहरु रहेका छन् ।